२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थ चोरी प्रकरणः उप–निर्देशकसहित ९७ जनाविरुद्ध मुद्धा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

काठमाडौं, ३१ भदौ । पेट्रोलियम पदार्थ चोरी प्रकरणमा नेपाल आयल निगम भलवारी डिपोका उप–निर्देशकसहित ९७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

मुद्धा दायर हुनेहरुमा उप–निर्देशक नागेन्द्रकुमार कुर्मी, सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रवन्धक कौशवराज आचार्यस सहायक प्रवन्धक दिपकप्रसाद घिमिरे र रविकुमार रावत, प्रवन्धक दिपेन्द्र बस्नेत, पूर्व सहायक प्रवन्धक रामभक्त कार्की र उपप्रवन्धक देबेन्द्रबहादुर केसी छन् ।

अख्तियारले पेट्रोलियम व्यवसायी–४ जना, ट्यांकर धनी–६६ जना र चालक–१९ जनाविरुद्ध पनि मुद्धा दायर गरको छ ।

भलवारी डिपोमा कार्यरत कर्मचारीले घुस लिइ पेट्रोलियम व्यबसायी, ट्यांकर धनी एवं चालकहरुको मिलोमतोमा निर्धारित परिमाण भन्दा बढि तेल आयात गर्ने गरेको, अनधिकृतरूपमा तेल निकाल्ने गरेको जस्ता आरोप उनीहरुमाथि लागेको छ ।

७ करोड ७७ लाख ८४ हजार १ सय ५४ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।