काठमाडौं, ३० भदौ । एप्पलले पछिल्लोपटक सार्वजनिक गरेको आइफोन सिक्स र आइफोन सिक्स प्लसको प्रिअर्डरमा अहिलेसम्मकै नयाँ कीर्तिमान कायम भएको छ ।
एप्पलका अनुसार, अनलाइनमार्फत प्रिअर्डर खुल्ला गरेपछि रातारात अर्डर गर्ने क्रेताहरुको संख्या अहिलेसम्मकै उच्च भएको हो । आइफोनका आकांक्षीहरुले एकैपटक लगइन गरेका कारण एप्पलको आधिकारिक साइट नै क्रयास भएको छ ।
अत्याधिक मागका कारण ४ दशमलव ७ इन्च स्क्रिनको आइफोन सिक्स सेप्टेम्बर १९ मा उपलब्ध हुने भएपनि ५ दशमवल ५ इन्चको सिक्स प्लस प्राप्त गर्न उपभोक्ताले अझै एक महिना कुर्नुपर्नेछ ।
अहिले अमेरिकासँगै बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, जापान, पुर्टेरिको तथा सिंगापुरका मानिसले नयाँ आइफोनको प्रि अर्डर गर्न सक्नेछन् ।
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनका उपभोक्ताले नयाँ आइफोन हात पार्न यो वर्षको अन्त्यसम्मै कुर्नुपर्ने देखिएको छ । एजेन्सी














प्रतिक्रिया