१ कार्तिक २०८३, शनिबार

गाँजा तस्करीमा महिलालाई प्रयोग गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaja1लहान, ३० भदौ । प्रहरीले लागुऔषध ओसारपसारमा सिरहामा कडाइ गरेपछि तस्करले नयाँनयाँ प्रयोग गर्न थालेको पाइएको छ ।

तस्करले गाँजा सुरक्षित रुपले सीमा पार गराउन महिलालाई समेत प्रयोग गर्न थालेको भेटिएको हो ।

इलाका प्रहरी कार्यालय लहानले आइतबार सिरहाको लहानसँगै जोडिएको सिसवनी–७ बाट महिलासहित तस्करीका लागि तयारी अवस्थामा राखिएको ४५ केजी गाँजा बरामदपछि लागुऔषध ओसारपसारमा महिलाको प्रयोग पनि हुन थालेको खुलेको हो ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा गएको टोलीले सिसवानी–७ बर्छवास्थित फिरतु मण्डलको घरबाट प्लास्टिकको बोरामा प्याक गरेर तस्करीका लागि राखिएको ४५ केजी गाँजा र ठकनीवती मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सुराकीका आधारमा मण्डलको घरमा छापा मार्दा फिरतुले गाँजा रेखदेखका लागि खटाएकी उनकी श्रीमती ठकनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक फुँयालले बताउनुभयो ।

पछिल्लो समयमा प्रहरीले लागुऔषधविरुद्ध आक्रमक कारबाही गरेपछि तस्करले विद्यालय क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थी, महिलालाई लागुऔषध ओसारपसारमा प्रयोग गर्दै आएको भेटिएको छ ।

प्रहरीले गत हप्ता लहानबाट दुईजना दस जोड दुई अध्ययन गरिरहेका विद्यार्थी सवार मोेटरसाइकल साइकललाई ठक्कर दिएर दुर्घटना भएपछि ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो । रासस