१ कार्तिक २०८३, शनिबार

अन्ततः भगवानका प्यारा भए एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

posta-bahadur-bogati-hospital

काठमाडौं, ३० भदौ । एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६२ वर्षको उमेरमा निधन भएको छ ।

थापाथलीस्थित एक अस्पतालमा उपचार गराइरहेका बोगटीको आज विहान सात बजेर २५ मिनेटमा निधन भएको एमाओवादीका नेता बाबुराम भट्टराईले जानकारी दिए ।हृदयघातपछि अस्पताल भर्ना भएका बोगटीलाई मस्तष्कघात समेत भएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काका उपाध्यक्ष बोगटीका निधनसँगै उनका समर्थक र पार्टीका नेता तथा कार्यकर्ता अस्पतालमा जम्मा भएका छन् ।

बोगटीको पार्थिब शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान साँढे नौ बजेबाट एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा र ११ बजेपछि खुल्ला मञ्चमा राखिने भएको छ ।

को हुन बोगटी ? 

एमाओवादीमा इमान्दार नेताका रुपमा परिचित बोगटीले पार्टीको महासचिवको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ बुबा भैरवबहादुर र आमा लेखकुमारी बोगटीको कोखबाट वि.सं.२०१० साल श्रावण ३ गते तुप्चे २, नुवाकोटमा जन्मिनु भएको हो ।

उहाँका दुई छोरी छन् । उहाँका एकमात्र छोराको युद्धकालमा मृत्यु भएको थियो ।

कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएका बोगटीले वि.सं २०३४ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।

बोगटी वि.सं २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नम्वर ३ बाट १६ हजार ७ सय ३५ मत ल्याएर विजयी हुनुभएको थियो ।

वि.सं २०७० सालमा हेटौडामा भएको सातौं महाधिवेशनबाट एमाओवादीका महासचिव हुनुभएका  बोगटी संसदीय व्यवस्थाका इन्चार्ज तथा संविधानसभामा मुख्य सचेतक हुनुभएको थियो । उहाँले पर्यटन मन्त्रीका रुपमा पनि काम गर्नुभएको थियो ।