काठमाडौँ, २९, भदौ । बाढीपहिरो पीडितलाई राहत सहयोग गरेको छ । स्थापना भएको प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ ।
आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कोषलाई एक करोड रुपैयाँ प्रदान गरेको छ ।
प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले सो रकम उल्लिखत चेक आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
आइतबार नै राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट कोषमा २५ लाख रुपैयाँ, बिमा समितिले ७ लाख ६७ हजार ५ सय रुपैयाँ र प्रभु ग्रुपले ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन् । बैंकका अध्यक्ष डा. रेवतबहादुर थापा, समितिका अध्यक्ष प्रा फत्तबहादुर केसी र ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले सो रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
रेमिटर्स एसोसियसन अफ नेपालले एक लाख दुई हजार रुपैयाँ, कृष्णप्रणामी सेवा समिति नेपालले कोषमा तीन लाख रुपैयाँ, पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले दुई लाख २२ हजार २२२ रुपैयाँ र बेलायत बस्ने नेपालीबाट एक लाख ५० हजार १०८ रुपैयाँ, तमु धिं कास्की बगर तमु समाज पोखराले एक लाख पाँच रुपैयाँ, केमिकल एन्ड मेडिकल सप्लाएर नेपालले एक लाख ५१ हजार रुपैयाँ, कोरोना इन्टरनेसनल स्कुलले ५० हजार १०१ रुपैयाँ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ४१ हजार ४९७ रुपैयाँ प्रदान गरेका छन् ।














प्रतिक्रिया