काठमाडौँ, २९ भदौ । नेपाल पत्रकार महासंघले प्यूठान शाखाका संस्थापक सभापति सुर्यबहादुर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
४४ वर्षीय विश्वकर्माको श्रीमतीसहित छोराछोरी भेट्न प्युठानबाट बुटवल आउदैँ गर्दा बा ९ च १८१२ नम्बरको निजी टाटा सुमो आइतबार बिहान रुपन्देही सालझण्डी, ७ सीतापुरमा दुर्घटना हुँदा मृत्यु भएको हो ।
घटनामा घाइत उहाँकी श्रीमति रमा विश्वकर्माको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
रेडियो प्यूठानका प्रवन्धक निर्देशक विश्वकर्मा जिल्लाको सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्थ्यो । विश्वकर्माका दुई छोरा र एक छोरी छन् ।















प्रतिक्रिया