१ कार्तिक २०८३, शनिबार

सहज छैन गाउँ–वस्तीको यात्रा (फोटो फिचरसहित )

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

काठमाडौँ, २९, भदौ । एकातिर सडक विस्तार अनि अर्कोतिर मेलम्ची खानेपानीको पाईप विछ्याउने कार्यक्रमले राजधानीका सडकहरु हिलाम्य मात्र बनेका छैनन् ।

2

राजधानीवासीका लागि जीवन नै कष्टकर बनेको छ ।

 

3

सडकमा हिड्ने यात्रु मात्र होइन सवारीमा यात्रा गर्नेहरुका लागि पनि राजधानीको यात्रा ‘नरकको यात्रा’ बनेको छ ।

4

राजधानी अव्यवस्थित भएर राजधानीको यो हाल भएको हो । त्यसो त ग्रामिण जीवन पनि सहज छैन ।
ग्रामीण भेगमा चल्ने सवारीको हाल पनि निक्कै नाजुक छ ।

 

5

शनिवार गुल्मीको क्षेत्र नं. ३ हुलाकेबाट सदरमुकाम तम्घास आउदै गरेको जीप हुलाके नजिकैको बाटोमा फसेपछि फसेको जीप तान्दै यात्रुहरु र त्यस वरपरका दृष्यहरु हाम्रा सम्वाददाता अनिल खत्रीले आफ्नो क्यामरामा कैद गरेका थिए ।

 

6

गुल्मी एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्टलगायतका चर्चित नेताहरुको जिल्ला पनि हो ।

7

ती केही दृष्यहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।