१ कार्तिक २०८३, शनिबार

बिन्दु वेपत्ता भएपछि कतारमा रहेका श्रीमान विक्षिप्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bindu-nepali

पर्वत, २९ भदौ । बिन्दु नेपाली नौं दिनदेखि वेपत्ता भएपछि उनका आफन्त र परिवारमा चिन्ता छाएको छ ।

पर्वतको देवीस्थान बस्ने ३८ वर्षकी विन्दु सदरमुकाम कुश्माबजार जान्छु भनेर नौदिन अघि घरबाट निस्केर हिँडेकि हुन् ।

तर, अहिलेसम्म घर नफर्केपछि परिवार र आफन्तमा चिन्ता छाएको हो ।

विन्दु घर नफर्केपछि परिवारले आफन्छ तथा सम्बन्धित सबै ठाउँ खोजि गरेको थिए । तर, अहिलेसम्म उनको कुनै पत्ता लागेको छैन् ।

शनिवार बेपत्ता भएकी बिन्दुका श्रीमान भने सात बर्षदेखि कतारमा छन् ।

उनका ११ वर्ष र आठ वर्षका दुई छोरा र तीन वर्षकी एक छोरी छन् । श्रीमती हराएको खबर पाएपछि कतारमा रहेका श्रीमान समेत बिछिप्त भएका छन् ।

‘विन्दुले लत्ताकपडा सबै लगेर लिएर हिँडेकाले फर्केर आउँने आशा कम भएको परिवाले बताएका छन् ।