१ कार्तिक २०८३, शनिबार

चट्याङ लागेर दुईजनाको मृत्यु, एकजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २९ भदौ । झापाको जुरोपानीमा चट्याङले लागेर दुईजनाको मृत्यु भएको छ ।

जुरोपानी– ८ निवासी धनेश्वर सोरेनको घरमा गएराति परेको चट्याङले ७३ वर्षीय सोरेन र निजका नाति ११ वर्षीय अनिल मुर्मुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्राप्त जानकारीअनुसार राति १२ बजेको समयमा परेको चट्याङले धनेश्वरको घटनास्थलमा नै मृत्यु भएको थियो भने नातिको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

सोही चट्याङले घाइते भएकी अर्की नातिनी १५ वर्षीया बबिता हसदाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस