१ कार्तिक २०८३, शनिबार

दुबै मृगौला काम नलाग्ने भएकी झापाकी मनिषाका लागि सहयोग रकम जुट्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha

बिर्तामोड, २८ भदौ । दुबै मृगौला काम नलाग्ने भएकी झापाको शिवगञ्जकी मनिषा लम्सालको उपचारका लागि लखनपुर शान्ति समितिकी सदस्य उर्मिला भण्डारीको पहलमा १८ हजार ८ सय १५ रुपैयाँ सहयोग संकलन भएको छ ।

सहयोग रकम पत्रकार मञ्च दमक मार्फत पीडित परिवारलाई प्रदान गरिने भएको छ ।

शुक्रबार एक कार्यक्रम गरेर स्नेहा टे«डर्सका सञ्चालक तथा सहयोगदाता शम्भु भण्डारीले पत्रकार मञ्चका अध्यक्ष बिष्णुप्रसाद पोखरेल मार्फत उक्त रकम पीडित परिवारमा प्रदान गर्ने जानकारी दिन भयो ।

शान्ति समिति लखनपुरकी सदस्य भण्डारीले आफ्नो पहलमा उक्त कम उठाउनु भएको सो अवसरमा जानकारी गराईएको थियो ।

न्यू जागृती सहकारी संस्थाले ३ हजार, जनता ट्रेडर्सले १५ सय, राम बिष्टले १ हजार ६ सय ३५, उर्मिला भण्डारीले १ हजार, स्नेहा सप्लायर्षलेले १ हजार र अन्य बिभिन्न ब्याक्तिहरुले स्वेच्छिक सहयोग गरेकाले एकमुष्ठ रुपमा यो रकम प्रदान गरिएको भण्डारीले बताउनु भयो ।

शवगञ्ज बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्यनरत किशोरी लम्सालको दुबै मृगौला काम नलाग्ने भएको बिशेषज्ञहरुले बताएको र आर्थिक अभावले उपचार हुन नसकेको समाचार दैनिक नेपाल डटकमलगायतका सञ्चार माध्ययममा प्रकाशन तथा प्रशारण भएपछि उनलाई सहयोग गर्नका लागि सहयोग समिति बनाएर बिभिन्न ठाँउहरुमा सहयोग संकलन भईरहेको छ ।

मनिषाको उपचारका लागि २५ लाख नेपाली रुपैयाँ लाग्ने भारत भेल्लोरस्थित सीएमसी अस्पतालका डाक्टरले बताएका छन् ।