विराटनगर, २८ भदौ । भारततर्फ निकासी गर्न लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सुपारी प्रहरीले बरामद गरेको छ ।
सिरहा नगरपालिका–१स्थित ज्योति यादवको कुखुरा फारमबाट शुक्रबार बेलुकी ९ बजे प्रहरीको गस्ती टोलीले एक हजार २०० किलो सुपारी बरामद गरेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बरामद भएका सुपारी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा शनिबार बुझाइने बताइएको छ । रासस













प्रतिक्रिया