भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादी र नेकपा–माओवादी दुबैका अध्यक्ष सत्ता परिवर्तन गरेर आफू प्रधानमन्त्री बन्ने दाउमा लागेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय राजनीतिक सम्मेलनको माग उनीहरुले त्यसैका लागि गरेको पनि उहाँले आरोप लगाउनुभयो ।
‘गोलमेच सम्मेलनको बाहनामा वैद्य प्रधानमन्त्री हुन खोजिरहेका छन्, उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा प्रचण्ड प्रधानमन्त्री हुन खोजिरहेका छन्, आफू प्रधानमन्त्री बन्न यी दुवैले एक अर्कालाई प्रयोग गर्न खोजिरहेका छन्,’ उहाँले भन्नुभयो ।
साना दललाई प्रयोग गरेर सडकमा ओराल्ने र आफू सत्तामा गएपछि उनीहरूलाई अलपत्र पार्ने एमाओवादीको चरित्र प्रष्ट भइसकेको भन्दै उहाँले एमाओवादीलाई साथ नदिने पनि प्रष्ट पार्नुभयो ।















प्रतिक्रिया