१ कार्तिक २०८३, शनिबार

नेविसंघको महाधिवेशन पाँचौँपटक स्थगन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eakiकाठमाडौं, २८ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ ।

आइतबारबाट राजधानीमा तय गरिएको अधिवेशन अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी केन्द्रीय पदाधिकारी र निर्देशक समितिको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । नेविसंघ महाधिवेशन गर्न काँग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशक समिति बनाएको थियो ।

यो पटक सहित नेविसंघको महाधिवेशन रोकिएको पाँचौ पटक हो । नेवि संघको महाधिवेशन आठ वर्षदेखि हुन सकिरहेको छैन ।

कतिपय जिल्लामा प्रतिनिधि चयन हुन बाँकी रहेको तथा तयारी समेत नपुगेको भन्दै महाधिवेशन स्थगन गर्न निर्देशन दिएको नेविसंघका नेता श्रषिकेशजंग शाहले जानकारी दिए । उनका अनुसार, अर्को महाधिवेशनको मिति एक साताभित्र तोक्न निर्देशन समेत दिइएको छ ।

पाचौंपटक पनि अधिवेशन स्थगित भएपछि अधिवेशनमा भाग लिन काठमाडौं आएका अधिकांश जिल्लाका प्रतिनिधि बिचल्लीमा परेका छन् ।

महाधिवेशन रोकिएकोमा आश्चर्यमा परेका विद्यार्थी नेताहरुले भने आइतबार जसरी पनि राजधानीमा महाधिवेशन हुने बताएका छन् ।