काठमाडौं, २८ भदौ । एमालेमा २ मन्त्री फेरिएपछि बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।
उनले पार्टीमा छलफल नै नगरी मन्त्री फिर्ता बोलाएको भन्दै आपत्ति जनाएका छन् । ‘पार्टीमा छलफल भएको छैन, यसबारे मलाई केही जानकारी छैन, नेपालले भने हाम्रो पार्टी मनपरी ढंगले चलिरहेको छ। एकल सो गर्ने काम भइरहेको छ यो कि होइन।’
यता, अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आलोपालो गर्न मन्त्रीलाई फिर्ता बोलाएको प्रतिक्रिया दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ। दुईजनामात्र किन परिवर्तन गरियो भन्ने जिज्ञासामा खनालले भने, ‘अरूको पनि पालो आउँछ।’ वरिष्ठ नेता नेपालको असन्तुष्टिबारे सोधिएको प्रश्नमा खनालले थपे, ‘यो काम पार्टी अध्यक्षको हो। अध्यक्षले अरूसँग पनि सल्लाह गरेको होला भन्ने मलाई लाग्छ।’
एमालेले पर्यटनमन्त्री भीम आर्चाय र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाई महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई मन्त्री बनाएको छ।
















प्रतिक्रिया