काठमाडौ, २७ भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा चरम विवाद शुरु भएको छ ।
अध्यक्ष प्रदिपजंग पाण्डे अवैधानिक भएको भन्दै बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकासहित करिब दुई दर्जन कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेपछि संघमा विवाद शुरु भएको हो ।
शुक्रबार धुलिखेलमा सुरु महासंघको चौथो कार्यकारीणी बैठक मुरारकासहतिका कार्यकारी सदस्यहरुले बहिस्कार गरेका छन् ।
अध्यक्ष पाण्डेले भ्रष्टाचार गरेको प्रमाणित भएको भन्दै उनीहरुले उहाँले बोलाएको बैठक बहिस्कार गरेका जनाएका छन् ।
पाण्डेलाई तीन दशकअघि काठमाडौं उपत्यका खानेपानी कार्यालयमा हुँदा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उहाँले पूरा सजाय भुक्तान नगरेकाले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
तत्कालीन राजाले कैद मिनाहा गरेको दावी गर्दै परेको रिटमा सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
यता पाण्डे समुहले भने कोरम पुर्याएर बैठक बसिरहेको जनाएको छ । ६० जनाको कार्यसमितिमा २० जना मात्र उपस्थित नभएको पाण्डे समुहको दाबी छ ।













प्रतिक्रिया