१ कार्तिक २०८३, शनिबार

कैलाली र कञ्चनपुरमा डेङ्गु रोग फैलिन थाल्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dengue-mosquito-lamkhutte

धनगढी, २७ भदौ । कैलाली र कञ्चनपुरलगायतका जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग प्रकोपका रुपमा फैलिन सक्ने खतरा देखिएको छ ।

असोज महिनामा देखिने यो रोग यस वर्ष साउन र भदौ महिनादेखि नै देखिन थालेपछि असोज महिनामा प्रकोपका रुपमा फैलिन सक्ने सम्भावना देखिएको सेती अञ्चल अस्पताल धनगढीका डा. शुभेषराज कायस्थले बताउनुभयो ।

साउन र भदौ महिनामा मात्रै यो रोगका १८ जना बिरामी उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना भएपछि लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

अस्पतालमा भर्ना भएका रोगीहरुमा कञ्चनपुरको बेलडाँडी र रैकवार बिचवा गाविसका बिरामी बढी रहेका छन् । डेङ्गु रोगबाट पीडित भई अन्तिम अवस्थामा बिरामीलाई अस्पतालमा पु¥याइने गरेका कारण उपचारमा कठिनाइ भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार एकजनामा डेङ्गु रोग लागेमा त्यस वरपरका अरु ३५० जनामा यो रोग सङ्क्रमण हुन सक्छ ।

सङ्क्रमित एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गर्दछ । यो लामखुट्टेले दिउँसोको समयमा मात्रै टोक्ने गरेको बताइन्छ । गाडीका टायर, घरभित्र र बाहिर राखिएका भाँडा, फूलका गमलालगायतका भाँडामा जम्ने पानीमा यो लामखुट्टेले फुल पार्ने गर्दछ ।

यो रोग लागेपछि वाक्वाकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीरका विभिन्न अङ्गमा रक्तस्राव हुने र समयमै उपचार नपाए बिरामीको मृत्यु हुने गर्दछ ।

जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखिन थालेको यो रोगबाट नेपालका झापा, चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरु बढी जोखिममा रहेको जनाइएको छ । रासस