१ कार्तिक २०८३, शनिबार

पहिरोले दुई घर ध्वस्त, चार घर पुरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, २७ भदौ । जिल्लाको भगवती–३ औलगुत्तामा शुक्रबार बिहान ३ बजे कागछरा लेकबाट आएको पहिरोबाट दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

पहिरोले स्थानीयका चारवटा घर पुरिएको छ । ध्वस्त हुने घरमा लिले दमाईं, जित्ते दमार्इंका घर रहेका छन् ।

पुरिएका घरमा काले दमाईं, भरत शाही, गोपिलाल बोहरा र जयबहादुर शाहीको रहेको स्थानीयवासी मोहन बस्नेतले बताउनुभयो ।

घरका मानिस पहिरो गएको थाहा पाएपछि घर छोडेर बाँचेको र घरमा भएको कुनै वस्तु पनि बचाउन नसकिएको जनाएको छ । सो बस्तीका ५० भन्दा बढी घर उच्च जोखिममा रहेको बस्नेतले बताउनुभयो । रासस