मुगु, २७ भदौ । छिमेकी एक महिलाको बुधबार बिहान रूखबाट लडेर मृत्यु भएको खबर सुनेपछि महादेव उच्च माध्यमिक विद्यालयका एक शिक्षकको हृदयघात भई मृत्यु भएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ह्यागुल–९ निवासी २८ वर्षीया बाटु रावलको पशु चौपायालाई घाँस काट्न आफ्नै लेकको घरमा रहेको रूखबाट खसेर मृत्यु भएको खबरले कोटडाँडा–५ निवासी अङ्ग्रेजी विषयका शिक्षक भीष्मबहादुर कार्कीको हृदयघातका कारण उपचार गर्ने क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
सोही विद्यालयमा कार्यरत शिक्षिका अनिता रावतका अनुसार दिउँसो १२ बजे छिमेकी महिलाको रूखबाट खसेर मृत्यु भएको खबर सुनाएपछि शरीरमा पसिना बगेको देखियो, त्यसपछि बोल्न नै छाडेका र तत्काल नजिकैको प्राथमिक सेवा केन्द्रमा खबर गरेको भए पनि स्वास्थ्यकर्मी नभएपछि दिउँसो ४ बजे हेलिकोप्टरबाट नेपालगन्ज पु¥याएको भए पनि राति ११ बजे शिक्षक कार्कीको मुत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २३ कोष पश्चिम पूर्वमा पर्दछ । रासस















प्रतिक्रिया