भनिन्छ, कलाकारको कुनै धर्म हुँदैन । न त कुनै जात । तर, आफूलाई कुनै एक धर्मको पक्षपाती मानेकै कारण गायिका अञ्जु पन्त यतिबेला विवादको शिखरमा छन् ।
केहि दिन अगाडि हिन्दूवादी गीत नगाउने भन्दै कमलादीमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोबाट निस्किए लगत्तै उनीविरुद्ध आलोचनाको बाढी नै आएको छ । खासगरि, सामाजिक सञ्जालमा उनीविरुद्ध कडा प्रहार भइरहेको छ । सामाजिक सञ्जालमात्र होइन्, मिडियामा अञ्जुको विरोध भइरहेको छ ।
यतिसम्म कि उनका फ्यानहरु नै अहिले उनलाई प्रतिबन्ध लगाउनुपर्ने देखि अनेक माग गरिरहेका भेटिन्छन् । उनलाई बहिष्कार गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा अभियान समेत चलाइएको छ । अञ्जुले अहिलेसम्म करिब ३ हजार भन्दा बढी गीतहरु गाइसकेकी छिन् ।
यसो त अञ्जुले हिन्दूहरुलाई अपमान गर्ने हिसाबले नबोलेको स्पष्टिकरण दिदै आएकी छिन् । एक अन्तरर्वार्तामा अञ्जुले रुदै आफुले कुनै पनि धर्मलाई अपमान गर्न नखोजेको बताएपनि अझैसम्म पनि उनको बारेमा आलोचना घट्न सकेको छैन् ।
सामाजिक सञ्जालदेखि विभिन्न माध्यमहरुबाट अञ्जुका गीतलाई प्रतिबन्ध र अञ्जुलाई विभिन्न कुरा लेखेको देख्दा सायद सहजै अनुमान लगाउन सकिन्छ कि अबको अञ्जुको बाटो सहज भने पक्कै छैन् ।
यदि अञ्जुलाई बहिष्कार गरिए उनको भोलीको भविष्य निकै दर्दनाक देखिन्छ । यदि यो हुन सकेन भने पनि दर्शक, स्रोताको नजरमा अञ्जुप्रतिको सदभाव नरहन सक्छ ।
हिन्दूहरुको अपमान गरेको खबरले नेपालमा बसेका नेपालीहरु मात्र होइन, विदेशमा बसेका नेपालीहरुले पनि अञ्जुका गीत अब देखि नसुन्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको देख्न सकिन्छ । जबकी अञ्जुले नेपालमा भन्दा विदेशका कार्यक्रमबाट नै बढी रकम संकलन गर्ने गर्छिन । विदेशका कार्यक्रममा आयोजकहरुले बोलाउने हिम्मत पो अब कसरी गर्लान र ? श्रीमानसँग टाढा हुनुको पीडा त छँदैछ, आयस्रोत नै रोकिएपछि अञ्जुले गुजारा चलाउलिन कसरी ?
अञ्जुप्रति आक्रोश यति देखिन्छ कि उनका फोटोहरुमा विभिन्न अस्लिल तस्विरहरु राखी सार्वजनिक समेत भइरहेका छन्, जुन सिधै साइबर क्राइम हो । तर यस विषयमा न अञ्जुले केहि बोलेकी छिन् न त प्रहरीले नै यस विषयलाई गम्भीर रुपमा हेरेको छ ।
















प्रतिक्रिया