१ कार्तिक २०८३, शनिबार

गाई काटेर खाने चार जना प्रहरी हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

खोटाङ, २६ भदौ । गाई काटेको आरोपमा खोटाङमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा तामाङ र सोलुखुम्बु जिल्लाको लोखिम–९ बस्ने लाक्पानुरु तामाङ र मान्के तामाङलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित स्थानीय जङ्गलमा गत मङ्गलबार दिउँसो गाई काटेर खाएको स्थानीयले दिएको उजुरीको आधारमा उनीहरूलाई इलाका प्रहरी चौकी ऐसेलुखर्कका गस्ती टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।

उनीहरूलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान थालिएको छ । रासस