सुनसरी, २५ भदौ । क्यान सुनसरीको आयोजनामा जिल्लाका सम्पूर्ण गाविस सचिवहरुलाई लोकल ई–गर्भनेन्स विषयक एक दिने तालिम सम्पन्न भएको छ ।
जिविस सुनसरी र कम्प्यूटर एसोसिएसन अफ नेपालको सहयोगमा उक्त कार्यक्रमको आयोजना भएको हो ।
क्यान सुनसरीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्यानका उपाध्यक्ष नारायण न्यौपानेले ई– लोकल गर्भनेन्स र क्यान सुनसरीका कार्यकारी सदस्य अनिस भट्टराईले सामाजिक सञ्जालका बारेमा तालिम दिनुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला विकास अधिकारी राजेन्द्रदेव पाण्डे प्रमुख आतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा क्यान निवर्तमान केन्द्रीय सदस्य रामकुमार राईले स्थानिय स्तरमा लोकल ई–गर्भनेन्सको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।















प्रतिक्रिया