१ कार्तिक २०८३, शनिबार

हिन्दुराज्यको माग पुरा नभए सडक र सदनबाट संघर्ष गर्छौः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaपोखरा, २५ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने आफूहरुको माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी दिनुभएको छ ।

राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले बुधबार पोखरामा गरेको  पश्चिमाञ्चलस्तरीय क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । आफ्ना माग पुरा गराउन सडक र सदनमार्फत सशक्त रुपमा उठाउने उहाँको भनाई थियो ।

माग पूरा नभए उहाँले आगामी  पुसदेखि देशव्यापी संघर्ष गर्ने समेत चेतावनी दिनुभयो । त्यसैगरी उहाँले कार्यक्रममा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेको घमण्डले मुलुक थप संकटको दिशामा धकेलिएको आरोप लगाउनुभयो ।