२९ आश्विन २०८३, बिहिबार

मेट्रो डेभलपमेन्ट बैंकको लमजुङको बेसीशहरमा एटीएम सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAM_3693लमजुङ, २४ भदौ । पोखरामा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंकले लमजुङको बेसीशहरमा रहेको आफ्नो शाखामा एटीएम जडान गरेको छ ।

एटीएम सेवाको  शुभारम्भ गर्दै बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज शर्माले बैंकले समयानुकुल आधुनिक सेवा सुविधाहरु बढाउदै लैजाने ताए ।

कास्की, लमजुङ र म्याग्दी जिल्ला कार्यक्षेत्र रहेको बैंकको प्रधान कार्यालय सहित ६ वटा शाखाहरु सञ्चालनमा छन ।

बैंकले स्थापनाकाल देखि नै ३६५ दिने बैंकिङ कारोवार, सन्ध्याकालिन काउन्टर, एबीबीएस सुविधा प्रदान गर्दै आइरहेको छ ।  निक्षेपकर्तालाई आर्कषक व्याज र ऋणीलाई सुलभ व्याजदरमा कर्जा उपलब्ध गराएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद तिवारीले जानकारी दिए ।

१६ करोड ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले आर्थिक वर्ष २०७०–०७१ मा १ अर्व ५८ करोड निक्षेप संकलन गरी १ अर्व ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।