झापा, २४ भदौ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जीवन पाठक सेवाग्राहीबाट घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
झापाको सीतापुरीस्थित फूलबारी रेस्टुरेन्टबाट उनी रंगेहात पक्राउ परेको अख्तियारले जानकारी दिएको छ ।
पाठकले सेवाग्राहीलाई फर्निचरसम्बन्धी काम दिलाइदिने भन्दै २८ हजार घूस लिएका थिए ।
उनलाई लिएको घूस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।















प्रतिक्रिया