इलाम, २४ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले मुलुकमा राष्ट्रिय राजनीतिक सभा गठन भएकाले सोही सभाबाट संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ, इलामले मंगलबार बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक सभाले मात्र वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने विचार व्यक्त गर्नुभयो ।
संविधानसभाभन्दा बाहिर धेरै पार्टी रहेकाले उनीहरुलाई नसमेटी बनाइने संविधान दीर्घकालीन हुन नसक्ने उहाँको भनाइ थियो ।
माओवादी इलाममा आजदेखि सुरु हुने युवा प्रशिक्षण कार्यक्रममा नेता गजुरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला प्रवक्ता अशोक प्रधानले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया