विराटनगर, २३ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निमाणका दुई बुँदामा सहमति भएपछि तोकिएकै समयमा संविधान जारी हुने बताउनुभएको छ ।
प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा आयोजना गरेको मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता नेपालले सङ्घीयता र शासकीयस्वरुपको विषयमा सहमति हुन बाँकी रहेको बताउनुभयो ।
यसैबीच, प्रत्येक वर्ष प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको जनार्दन मैनाली पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष बन्धु पोखरेललाई प्रदान गरेको छ ।
पत्रकारिता क्षेत्रमा योगदान गरेबापत पत्रकार पोखरेललाई उक्त पुरस्कार प्रदान गरिएको चौतारी मोरङ अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । नेता नेपालले पोखरेललाई नगद ११ हजार १११ नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । रासस
















प्रतिक्रिया