१ कार्तिक २०८३, शनिबार

एसएलसी नतिजाले अर्की छात्राको पनि ज्यान लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC-Result

पाल्पा, २३ भदौ । एसएलसीको पुरक परीक्षामा अनुत्तीर्ण भएपछि पाल्पामा पनि एक छात्राले आत्महत्या गरेकी छिन् ।

पाल्पा जिल्लाको बराङ्दी गाविस–९ ढापखोलाकी १९ वर्षीया तेलना बस्यालले गणित विषयमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

एसएलसीको नतिजा सार्वजनिक भए पछि बारीमा घाँस काट्न गएकी बस्यालले रुखमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

बस्यालले गत वर्ष पनि एसएलसी परीक्षामा सहभागी हुन नपाएको स्थानीयको भनाइ छ ।

यसअघि एसएलसीको पूरक परीक्षामा फेल भएपछि इलाममा पनि एक छात्राले आत्महत्या गरेकी थिइन् ।

सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका–९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकै आइतबार राति घरको निदालमा सलको पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“एसएलसीमा पास हुन्छु भन्दै रमाइरहेकी थिइन्, तर नतिजा आउने बित्तिकै छोरीले झुन्डिएर आत्महत्या गरिन्,” अभिभावकको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यामबहादुर पौडेलले भन्नुभयो ।