३ कार्तिक २०८३, मंगलबार

प्रेस युनियन निर्वाचनको मतगणना जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

पोखरा, २३ भदौ । नेपाल प्रेस युनियनको आठौँ महाधिवेशनअन्तर्गत कार्य समितिका विभिन्न ७१ पदका लागि आइतबार राति सम्पन्न निर्वाचनको केहीबेरअघिदेखि मतगणना सुरु भएको छ ।

युनियनको एक अध्यक्ष पदका लागि बद्री सिग्देल, शिव लम्साल र भुवन भट्टले प्रतिस्पर्धा गरिरहेका छन् ।

एकजना वरिष्ठ उपाध्यक्षका लागि चारजना, एकजना महासचिवका लागि तीनजना, दुईजना उपाध्यक्ष (खुल्ला)का लागि छजना र एकजना उपाध्यक्ष (समावेशी)का लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, दुईजना उपमहासचिव (खुल्ला)का लागि चारजना, एकजना सचिव (समावेशी)का लागि पाँचजना, दुईजना सचिव (खुल्ला)का लागि नौजना र एकजना पश्चिमाञ्चल संयोजकका लागि पाँचजनाले उम्मेदवारी दिएको बताइएको छ ।

पन्ध्रजना खुल्ला केन्द्रीय सदस्यका लागि राससका बजार शाखा प्रमुख राजाराम कार्कीसहित ३४ जनाले उम्मेदवारी दिएका छन् । केही पदहरुमा निर्विरोध निर्वाचित भएका छन् । बेलुकासम्म मतगणना सम्पन्न हुने पनि निर्वाचन समितिले जनाएको छ । रासस