२९ आश्विन २०८३, बिहिबार

म्याग्दीको रुमखोला लद्युजलविद्युत् परियोजना सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIJULI_electricity

बाबियाचौर (म्याग्दी), २३ भदौ । जिल्लाको निस्कोटस्थित रुमखोला लद्युजलविद्युत् परियोजना पुनः सुचारु भएको छ ।

भदौ ७ गते पहिरोले नहर भत्काएपछि बन्द भएको ५१ किलोवाट क्षमताको परियोजनाबाट आजदेखि पुनः विद्युत् उत्पादन सुरु भएको हो । जनश्रमदान गरेर पहिरोले भत्काएको ३० मिटर नहर मर्मत गरेपछि विद्युत् उत्पादन हुन थालेको परियोजनाका सचिव भरत डगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपभोक्ताको रु पाँच लाख बराबरको श्रमदान एवम् आर्थिक लगानीमा परियोजना मर्मत भएको हो । विसं २०६५ मा निर्मित उक्त परियोजनाबाट पश्चिम म्याग्दीको दरवाङ, देविस्थान, रुम, निस्कोट र ओखरबोट गाविसका ७०० घरधुरी उपभोक्ताले विद्युत् सुविधा उपभोग गर्दै आएका छन् ।

पन्ध्र दिनसम्म परियोजना बन्द हुँदा फर्निचर, मिल, सहकारी, बैंक, कम्प्युटर प्रशिक्षण केन्द्र, दूध डेरीलगायतका उद्योग व्यवसाय प्रभावित भएका थिए । रासस