१ कार्तिक २०८३, शनिबार

एसएलसी पूरक परीक्षामा फेल भएपछि आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-sucide

इलाम, २३ भदौ । एसएलसीको पूरक परीक्षामा फेल भएपछि इलाममा एक छात्राले आत्महत्या गरेकी छिन् ।

सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका–९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकै आइतबार राति घरको निदालमा सलको पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“एसएलसीमा पास हुन्छु भन्दै रमाइरहेकी थिइन्, तर नतिजा आउने बित्तिकै छोरीले झुन्डिएर आत्महत्या गरिन्,” अभिभावकको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यामबहादुर पौडेलले भन्नुभयो ।

कुन विषयको नतिजा बिग्रियो भन्ने अभिभावकलाई थाहा छैन । नतिजा हेरेपछि आइतबार राति ८:२० बजे छात्राले आत्महत्या गरेकी हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।