३ कार्तिक २०८३, मंगलबार

किन भेटे राष्ट्रपति र प्रधानमन्त्री ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-and-rambaranकाठमाडौँ, २२ भदौ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले आइतबार साँझ शीतल निवासमा भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले मुलुकको समसामयिक राजनीतिक अवस्था र संविधान निमार्णका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति डा यादवले प्रधानमन्त्री कोइरालाको स्वास्थ्यस्थितिबारे गम्भीर चासो राख्नुभएको थियो ।

भेटपछि संवाददातासँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिले आफ्नो स्वास्थ्यबारे चासो राख्नुभएको र आफू थप नियमित परीक्षणका लागि अमेरिका जाने तयारी गरेको अवगत गराएको बताउनुभयो । रासस