भक्तपुर, २२ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ ।
परीक्षामा ७८ हजार ४५३ जना अर्थात ६५ दशमलव २२ प्रतिशित परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
कूल एक लाख २० हजार ३१७ जना परीक्षार्थी सहभागी रहेको परीक्षामा दुई हजार १ प्रथम श्रेणीमा, ५९ हजार ८६ दोश्रो श्रेणीमा र १७ हजार ३६६ जना तृतीय श्रेणीमा उतीर्ण भएका छन् ।
६८ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको २४४ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा नियन्त्रक द्वारेले उल्लेख गर्नु भयो ।
२०७० सालको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन भएको हो । रासस
















प्रतिक्रिया