१ कार्तिक २०८३, शनिबार

सरुभक्त र गंगालाई दिलाए प्रधानमन्त्रीले सपथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saru-Bhakta-Shrestha

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले दुईवटा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित समारोहमा शपथ लिनुहुनेमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेती र सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) हुनुहुन्छ ।

प्रधानमन्त्री कोइराला दुवै प्रतिष्ठानका संरक्षक हुनुहुन्छ । नवनियुक्त दुवै कुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।

कुलपति डा. उप्रेती यसअघि सोही प्रतिष्ठानको उपकुलपति हुनुहुन्थ्यो भने सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले पनि नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य उपस्थित हुनुहुन्थ्यो । रासस