१ कार्तिक २०८३, शनिबार

धेरै कमाउन खोज्दा जागिर पनि रहेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police

मोरङ, २२ भदौ । अवैध असुलीमा संलग्न भएको आरोपमा चारजना प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय र सीमा प्रहरी चौकी रानीबाट विराटनगर भन्सार नाकामा अपराध नियन्त्रण गर्न खटिएका एक प्रहरी सहायक निरीक्षक र एक हवल्दारसहित चारजना प्रहरी अवैध असुली गरेको आरोपमा निलम्बनमा परेका हुन् ।

निलम्बनमा पर्नेहरुमा इप्रका रानीका प्रहरी सहायक निरीक्षक लोकनाथ काफ्ले जवान जयबहादुर ढकाल, सीमा प्रहरी चौकी रानीका प्रहरी हवल्दार अर्जुनकुमार श्रेष्ठ र जवान उर्मिला कार्की छन् ।

भन्सार नाकामा ड्युटीमा रहेका उनीहरुले झोलेपोकेहरुसँग भन्सार छली गर्न दिएबापत अवैध रकम असुल्ने गरेका थिए ।

अपराध नियन्त्रणमा खटिएको प्रहरी आफँै अपराधमा संलग्न भएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराउनुभयो ।

प्रसनि काफ्लेको टोलीले अवैध रुपमा असुल गरेको रकम दैनिक भागबन्डा गर्ने गरेको फेला परेपछि इप्रका रानीले आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निलम्बनका लागि सिफारिस गरेको छ । रासस