काठमाडौं, २२ भदौ । काठमाडौंको ऐतिहासिक एवं पुरातात्विक स्थल टोखालार्य चिनाउने पुस्तक प्रकाशित भएको छ ।
टोखा निर्माण मजदुर संघको पन्धौं वार्षिक उत्सवका अवसरमा ‘कृषि, पर्यटन र निर्माणु टोखाको आर्थिक मेरुदण्ड’ भन्ने मुल नाराका साथ प्रकाशित मणिराज डंगोलद्वारा लिखित पुस्तक प्राचीन नगर तथा काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार टोखा विमोचन भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले पुस्तक विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन समारोहमा बोल्दै लेखक मणिराज डंगोलले टोखा दुई हजार वर्ष पहिले अस्तित्वमा रहेको हुनाले यहा“को पौराणिक तथा ऐतिहासिक परिचय दिंदै मन्दिर, स्तुप, मूर्ति तथा संगी एवम् नृत्य सम्पदाको सूचना प्रातिका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।
टोखालाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि आवश्यक पर्ने प्रावधानहरु झल्काउने लक्ष्यका साथ आफुले पुस्तक निकाल्ने जमर्को गरेको लेखक डंगोलले बताउनुभयो ।
















प्रतिक्रिया