३० आश्विन २०८३, शुक्रबार

सुनकोसीको कृत्रिम ताल फुट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkoshiकाठमाडौं, २२ भदौ । सिन्धुपाल्चोकको कान्ले चट्टानी पहिरोले थुनेर बनेको कृतिम सुनकोसी ताल अकस्मात फुटेको छ । तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो।

ताल फुटेपछि तालको सतह १८ मिटर घटेको छ। नेपाली सेनाको टोलीले सुरु देखि २० फुट विष्फोटक पदार्थ, ड्रिल मेसिन र स्काभेटर प्रयोग गरी ताल घटाउन अथक प्रयास गरिरहेका बेला शनिबार राति ताल फुटेको हो।  पार्किङ गरिएका केहि मोटरसाइकल र नदि छेउको एक बंगुर फर्म बगेको छ।

ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका घरहरु देखिएका छन्। डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ। साउन १७ गते नदी थुनिदा करिव ४८ मिटर उचाइ लिँदै २ सय २७ मिटर लामो ताल औसतमा ४ सय मिटर चौडाई लिँदा १ करोड घनमिटर पानि जमेको थियो।

सेनाले ताल थुनिएपछि बनाएको दोस्रो मुखबाट ताल फुटेको हो। विस्फोटक पदार्थ र स्काभेटरले समेत काम नगरेपछि केहि साता यता कफड ड्याम प्रविधि अपनाउँदै आएको थियो।

तालको मुखलाई अस्थारुपमा थुन्दै ह्वात्तै खोल्ने प्रविधिलाई कफर ड्याम प्रविधि भनिन्छ। सेनाले केहि दिन अघिमात्र पहिलो कफर ड्याम खोल्दा ताल सतह ३ मिटर घटेको थियो। सेनाले पहिलो मुख थुनेर दोस्रो ड्याम बनाउँदै थियो।

तलाउ घटेसँगै डुवानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ। देखिएको राजमार्गको डिल खसिरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इनिस्पेक्टर जयस्वर रिमालले बताए।