३ कार्तिक २०८३, मंगलबार

ओली र प्रचण्डको झगडामा कांग्रेस रमिते बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli_prachanda

काठमाडौं, २१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीचको भनाभनले विवादित विषयमा सहमति खोज्न सिंहदरबारमा शनिबार बसेको बैठकनिकै महंगो सावित भयो ।

ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई ‘राष्ट्रिय एकताका विरोधी’सँग किन मोर्चा बनाएको भन्दै बैठकमै प्रश्न गरेपछि प्रचण्ड झोक्किए ।

प्रचण्ड पनि के कम उनले पनि ओलीलाई राष्ट्रिय एकताको विरोधी भन्दै जवाफ फर्काए ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बैठकमा प्रचण्डलाई राष्ट्रिय एकताका विरोधीसँग मोर्चाबन्दी गरेको भन्दै आफुहरु राष्ट्रिय एकताका पक्षमा रहेको भन्दै  प्रक्रियामै गएर संविधान बनाउने चेतावनी दिएका थिए ।

प्रचण्डले फेरि तुरुन्तै जवाफ फर्काउँदै राष्ट्रिय एकताविरोधी ओली भएको आरोप लगाएका थिए । बाह्रबुँदे समझदारी, शान्ति सम्झौता, गणतन्त्र, पहिचान र संघीयताको पक्षमा ओलीका अभिव्यक्तिहरु नआएको भन्दै थर्काएका थिए ।

प्रक्रियाअनुसार संविधान बनाई छाड्ने भन्दै केपी ओलीले प्रचण्डलाई राष्ट्रिय एकताका विरोधीको आरोप लगाएपछि प्रचण्ड बैठकमा आक्रोशित बनेका प्रचण्ड ओलीलाई उनको अभिव्यक्ति नै सबैभन्दा ठूलो राष्ट्रिय एकता विरोधी हो भनेपछि त्यहाँको चर्काचर्कीलाई एमाले उपाध्यक्ष विद्या भण्डारीले लौ न नारायणकाजी कामरेडले मिलाई दिनु प¥यो भनेर आग्रह गरेकी थिइन् भने दुई नेताको बाझाबाझमा कांग्रेसका नेता दर्शक बनेका थिए ।