३० आश्विन २०८३, शुक्रबार

छोरा र श्रीमान फर्किए, श्रीमतिको शवमात्र आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattya-1

रुकुम, २१ भदौ । विमला ओलीका लागि अब तीज कहिल्यै नआउने भएको छ ।

आगामी वर्षहरुमा माइती जाने, दर खाने र छमछमी नाच्ने सपना पनि ओलीको चुँडिएको छ । तीज मनाउन श्रीमान र छोरासहित माइत हिँडेकी ओलीको शव १३ दिनपछि फेला परेको छ । जिल्लाको गरायला–४ की २७ वर्षीया ओलीको शव गरायला–९ स्थित मूलपानी जङ्गलमा भेटिएको हो ।

उनी तीज मनाउन श्रीमान र छोरासँगै दुली गाविसमा रहेको माइत गएकी थिइन् । गत ९ भदौमा तीज मनाउन हिंडेकामा विमलाका श्रीमान प्रजित ओली छोरा मात्र लिएर घर फर्केका थिए ।

श्रीमतीलाई छाडेर छोरा मात्र लिएर फर्केपछि शंका लागेर स्थानीयले प्रजितलाई सोधपुछ गरेका थिए । गाउँलेले शंका गरेपछि भाग्ने क्रममा उनलाई प्रहरीले पक्रेको थियो । प्रजितको बयानका आधारमा प्रहरी र स्थानीयले विमलाको शवको खोजेका हुन् ।

शव पोष्टमार्टमा गर्न नमिल्ने गरी सडेको अवस्थामा भेटिएको छ ।