३ कार्तिक २०८३, मंगलबार

सुधारिएको चुलोको आकर्षण पहाडमा बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chuloaभीमदत्तनगर, २१ भदौ । सुदूरपश्चिममा सुधारिएको चुलोप्रति जनआकर्षण बढिरहेको छ । कञ्चनपुर, कैलाली र दार्चुलामा सुधारिएको चुलोप्रति सर्वसाधारणको आकर्षण बढ्दो रुपमा छ ।

धुँवारहित नमुना गाउँ निर्माणतर्फ अग्रसर दार्चुलामा सुधारिएको चुलो कार्वन कार्यक्रम लागू भएपछि त्यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको हो ।

दार्चुलामा २७ गाविसमा एक हजार ५०० भन्दा बढी चुलो निर्माण भएका छन् । परम्परागत चुलोको भन्दा सुधारिएको चुलोमा कम दाउरा खपत हुने तथा धुँवाबाट हुने विभिन्न रोगको सङ्क्रमण कम हुने भएकाले सुधारिएको चुलोप्रति मानिसको आकर्षण बढ्दै गएको सामुदायिक ग्रामीण विकास समाजका टिम लिडर अशोक ओझाले बताए ।

नेदरल्यान्ड्स विकास नियोगको आर्थिक सहयोग तथा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा दार्चुलामा सामुदायिक ग्रामीण विकास समाज तथा राजाकोठ युवा क्लबले सुधारिएको चुलो कार्वन कार्यक्रम लागू गरेको छ ।

जिल्लाका १८ गाविसमा अहिलेसम्म सामुदायिक ग्रामीण विकास समाजले ७२४ वटा सुधारिएको चुलो जडान गरिसकेको छ । नौ गाविसमा राजाकोठ युवा क्लबले एक हजार ५७ वटा सुधारिएको चुलो जडान गरेको छ ।

सन् २०१२ देखि दार्चुलामा लागू भएको सुधारिएको चुलो कार्यक्रम आगामी सन् २०१६ सम्म सञ्चालन हुने तथा एक लाख ५० हजार विभिन्न प्रकारका सुधारिएको चुलो विस्तार गर्ने लक्ष्य रहेको ओझाले बताए ।