३० आश्विन २०८३, शुक्रबार

बाढीपहिरो पीडितलाई झापाका विद्यार्थीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhapaदमक, २१ भदौ । झापा लखनपुरस्थित एक निजी विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्च र शिक्षक शिक्षिकाको एक दिनको तलब सङ्कलन गरेर बाढीपहिरो पीडितलाई सहयोग गरेका छन् ।

देशका विभिन्न ठाउँमा हालै आएको बाढी र पहिरोमा परेका आफूहरुजस्ता विद्यार्थी तथा शिक्षकलाई सहयोग गर्न लखनपुर–५ स्थित हिमाली बोर्डिङ इङ्लिस स्कुलका विद्यार्थीले रु ६३ हजार ५०० सङ्कलन गरी सहयोग गरेका हुन् ।

विद्यालयले आज एक कार्यक्रम गरी सङ्कलित रकम नेपाल रेडक्रस सोसाइटी दमक उपशाखामार्फत बाढीपीडितलाई हस्तान्तरण गरेको हो । विद्यार्थीहरुले रेडक्रसमार्फत बाढी पहिरो प्रभावित क्षेत्रमा राहत पुर्‍याइदिन मागसमेत गरेका छन् ।

सो विद्यालयका संस्थापक जीवन सापकोटाले उपशाखाका सभापति लीला गुरागार्इंलाई राहत रकम प्रदान गर्नुभएको थियो ।

दमकमा रेडक्रसको पहलमा गठित दैवी प्रकोप राहत सङ्कलन समितिमा करिब रु तीन लाखभन्दा बढी नगद सङ्कलन भएको सभापति गुरागार्इंले बताए ।