३० आश्विन २०८३, शुक्रबार

कार्यतालिका हेरफेर गर्ने पक्षमा कांग्रेस छैन: श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २१ भदौ । कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नयाँ संविधानका विवादित विषयमा सहमतिका लागि दलहरुबीच गम्भीर छलफल भइरहेको भन्दै कार्यकतालिका हेरफेरको पक्षमा नरहेको बताएका छन् ।

उनले भने, ‘संविधानका मुख्य अन्तरवस्तुहरु राज्यको पुनःसंरचना, शासकीयस्वरुप, न्यायप्रणाली, निर्वाचनप्रणाली सहमतिमा पुग्न संविधानसभा भित्र र बाहिर रहेका दलहरुबीच छलफल भइरहेको छ ।’

क्यान्सर काउन्सिल नेपालद्वारा क्यान्सर रोग रोगथामसम्बन्धी आज राजधानीमा आयोजित कार्यक्रममा उनले संविधानसभा कार्य तालिकाअनुरुप हालसम्म काम भइरहेको हुँदा कार्यतालिका हेरफेर गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शनिबारसम्ममा नयाँ संविधानका सहमतिका प्रतिवेदन तथा असहमतिका प्रतिवेदन तयार पार्ने विश्वास प्रमुख सचेतक श्रेष्ठले व्यक्त गरे ।