चितवन, २१ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशन सम्पन्न भएको छ ।
चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ । प्रजातान्त्रिक प्यानल र वामपन्थी प्यानलबाट उम्मेदवारी परेको महाधिवेशनमा अध्यक्षलगायत अधिकांश प्रजातान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार राति सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वाँर र दीपक अधिकारी विजयी भएका छन् ।
उपाध्यक्षमा केदारनाथ पौडेल, पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी र भरत तिमिल्सिना विजयी भएका छन् । पाँच जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।
महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा सुरेश हमाल र डेकनाथ गौतम, सचिवमा सानुकाजी प्रजापती र वसन्त भण्डारी, कोषाध्यक्षमा सुयस पौडेल र सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले बताए ।
एक हजार ५ सय २१ मतदातामध्ये कुल एक हजार ४ सय २८ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि अञ्चल, क्षेत्रीय र वर्गीय गरी २७ संयोजक भने निर्विरोध निर्वाचित भएका थिए । भदौ १७ गतेदेखि महाधिवेशन सुरू भएको थियो ।













प्रतिक्रिया