३० आश्विन २०८३, शुक्रबार

चितवनमा विषाक्त खानाका कारण तीनको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-jilla-mapचितवन, २१ भदौ । चितवनमा विषाक्त खानाका कारण तीनजनाको मृत्युभएको छ ।

भदौ १७ गते विषाक्त खाना खाएपछि गम्भीर भएर चितवन मेडिकल कलेजमा ल्याइएका तीनजनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको हो ।

अस्पतालले दिएको जानकारीअनुसार अन्य चार जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा रौतहट घर भई चितवन मङ्गलपुर बस्दै आएका २१ वर्षका मेघन पण्डित, ३५ वर्षका रामकेवल पण्डित र २० वर्षका विवेक पण्डित रहेका छन् ।

उनीहरूसँगै अन्य नौ जनाले मङ्गलपुरमा माछासँगै खाना खाएपछि उनीहरू गम्भीर बिरामी परेका थिए । उनीहरूको विषाक्त खानाका कारण मृत्युभएको अस्पतालले जनाएको छ । उनीहरू मजदुरीका लागि चितवन आएका थिए ।

तीनै जनाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।