पथरी, २१ भदौ । मोरङमा भइरहेका सडक निर्माणमा बालबालिकाको प्रयोग बढेको छ । पटकपटक ठेकेदार कम्पनीलाई बालबालिकाको प्रयोग विकास निर्माणमा नगर्न आग्रह गर्दा पनि अझै बेवास्ता गर्दै बालबालिकाको प्रयोग गर्दै आएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको उत्तर पूर्वी रिगुवा केचना सडकखण्डसम्मको निर्माणका जिम्मा लिएको जदाहा सडक कन्स्ट्रक्सन कम्पनीले सडक निर्माणमा बालबालिकाको प्रयोग गरिरहेको हो ।
काममा प्रयोग हुने बालबालिका विपन्न समुदायका छन् । अधिकांश आफ्नो घर र ठेगानासमेत थाहा नभएका बालबालिकालाई ठेकेदार कम्पनीले ल्याएको बालबालिकाले बताए ।
नौ जना बालबालिका प्रयोग भएकामा पाँच जना १७ वर्षमुनिका रहेका छन् । उनीहरूलाई सडक फोर्न, गिट्टी बालुवा ओसारपसार गर्न प्रयोग गरिँदै आएको छ ।
यसबारेमा ठेकेदार मुक्ति अधिकारीलाई फोन गरेर बुझ्न खोज्दा उनले केही कुरा गर्न चाहेनन् ।















प्रतिक्रिया