३० आश्विन २०८३, शुक्रबार

जाजरकोटमा शिक्षक नहुँदा विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Schoolजाजरकोट, २१ भदौ । जाजरकोट जिल्लाको एक विद्यालयका शिक्षक विद्यालयमा नआउँदा विद्यालय नै बन्द भएको छ । जिल्लाको लहाँ गाविस– २ मा रहेको निर्मल निम्न माध्यमिक विद्यालय थाप्ला अहिलेसम्म खुल्न सकेको छैन ।

विद्यालयमा कार्यरत तीन स्थायी शिक्षकसहित प्रधानाध्यापक भीमबहादुर ओली अहिलेसम्म विद्यालयमा उपस्थित नहँदा विद्यालय बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काले बताए ।

विसं २०३८ मा स्थापना गरिएको सो विद्यालय तीन वर्ष अघिमात्र निमावि तहको अस्थायी स्वीकृति लिएर सञ्चालनमा रहेको छ । विद्यालयमा कार्यरत स्थायी शिक्षक कुशबहादुर मल्ल, गणेश रावल, भीमबहादुर ओली भदौ ९ गतेदेखि अहिलेसम्म विद्यालयमा नआएको होे ।

जानकारी नै नदिएर शिक्षकहरू विद्यालयमा नजाँदा सयाँ विद्यार्थीको भविश्य बर्बाद भएको अविभावक बताउँछन् ।