रुकुम, २१ भदौ । तीज मनाउन माइत हिँडेकी एक महिलाको शव १२ दिनपछि भेटिएको छ ।
गरायला–४ घर भई दुली गाविस माइत हिँडेकी २७ वर्षीया विमला ओलीको शव गरायला–९ स्थित मूलपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
यही भदौ ९ गते तीज मनाउन विमला श्रीमान्सँगै माइत हिँडेकी र उनकी श्रीमान् प्रजित ओली छोरालाई मात्रै लिएर घर फर्केपछि उनी शङ्काको घेरामा परेका थिए ।
स्थानीयले केरकार गरेपछि भाग्ने क्रममा प्रहरीले प्रजितलाई पक्रेको थियो । प्रजितको बयानको आधारमा प्रहरी र स्थानीयले विमलाको शवको खोजी जारी राखेका थिए ।
निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले सडिसकेको अवस्थामा शव भेटिएकाले शव परीक्षण गर्नसक्ने अवस्था नरहेको बताए ।















प्रतिक्रिया