२९ आश्विन २०८३, बिहिबार

नबिल बैंक लुटपाट: प्रहरीले अपराधी पक्रन सकेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabil_Bank-banner

यमबहादुर बम

धनगढी, २० भदौ । दश महिना वित्न लाग्दासमेत नबिल बैंकको महेन्द्रनगर शाखाको रकम लुटिएको घटना अझै रहस्यमै छ ।

बैंकको महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा जम्मा गर्न ल्याउने क्रममा कैलालीको चौकीडाँडामा गत मंसिर २५ गते दुई करोड ३१ लाख ६० हजार रुपैयाँ लुटिएको थियो ।

रकम लुटिए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरीक्षक रमेश पण्डितको संयोजकत्वमा गठित छानविन टोटी गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाइए पनि घटनाबारे अझै तथ्य खुल्न सकेको छैन । छानविन समितिले अभैm रिपोर्ट समेत नदिएको बताइएको छ ।

‘नविल बैंकको रकम लुटिएको बारे अनुसन्धान गर्ने टोलीले नै घटनाको रिपोर्ट बुभाएको छैन’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन जोशीले भने– त्यसैले अनुसन्धान अगाडी बढ्न सकेको छैन ।

कैलाली आएका प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले नबिल बैंकको रकम लुटपाट घटनाको सत्यतथ्य बाहिर आउने विश्वास गरे ।

सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालय दीपायलका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले रकम लुटपाट घटनाको अनुसन्धानका लागि नया“ समिति गठन गरिने बताए ।

प्रहरी प्रधान कार्यालयले छानबिन टोलीका संयोजक रमेश पण्डितले अन्य अवैध गतिविधिमा समेत संलग्न रहेकाले थप अनुसन्धानको लागि काज फिर्ता गरि प्रहरी प्रधान कार्यालयमा बोलाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयको अनुसन्धान टोलीले तत्कालीन अवस्थामा अनुसन्धान टोलीका संयोजक पण्डितस“ग नै समन्वय गरेर छानविन गरेकाले रिपार्ट समेत अस्पष्ट रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । रिपोर्टमा बयान लिईएकाहरूको बयान समेत स्पष्ट रुपमा उल्लेख नगरिएको जनाइएको छ ।

रकम लुटपाट भएको दिन गाडी चालक दिलबहादुर चन्द सहित गाडीमा बैंकका कर्मचारी सत्यमान तामाङ, सुरक्षागार्ड गंगादत्त भट्ट र लेखा परीक्षक शुक्रराज भट्टराई थिए ।

घटनामा उनीहरूको संलग्नता हुन सक्ने भन्दै प्रहरीले उनीहरूको पोलीग्राफ (झुठो बोलेको पत्ता लगाउने) मेसिनबाट परीक्षण गरेको थियो । तर, सो रिपार्ट समेत स्पष्ट नभएको बुझिएको छ ।

घटनाबारे राष्ट्रिय अनुसन्धान ब्युरो (सिआइबी) सिआइबीले कैलाली कञ्चनपुरमा रहेर अनुसन्धान थालेको थियो । सिआईबी र प्रहरीको अनुसधान टोलीले घटनाबारे यथार्त पत्ता लगाउन नसकेपछि नयाँ सिराबाट अनुसन्धान थालिएको प्रहरीले दाबी गरेपनि तथ्य बाहिर नआउनुमा थुप्रै आशंका रहेको छ ।

नबिल बैंकको महेन्द्रनगरस्थित शाखाबाट रकम लिएर धनगढीस्थित नेपाल राष्ट्रबैंक क्षेत्रीय कार्यालयमा जम्मा गर्न ल्याउँदै गरेको मे १ च १४६ नम्बरको जीपलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको मालाखेती गाविस–३ चौकीडाँडामा हतियारधारी ५ जनाको समूहले नियन्त्रणमा लिई लुटेका थिए ।

घटनास्थल चौकीडाँडा नजिकै मानव बस्ती रहेको र दिउँसै जीप नियन्त्रणमा लिई रकम लुटिनुले घटना सुनियोजित र रहस्यमय हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

लुटेराले जीपमा रहेका चारैजनाको हात बाँधेको बताइए पनि प्रहरी घटनास्थल पुग्दा चारैजनाको हात नबा“धिएको अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूमाथि संका गरेको हो ।