३० आश्विन २०८३, शुक्रबार

१० लाख घुस माग्ने नासु १० हजारमै बिक्री भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirपोखरा, १९ भदौ । कास्की मालपोत कार्यालयका नासु कृष्णप्रसाद पनेरु  रंगेहात पक्राउ परेका छन ।

सेवाग्राहीबाट घुस लिदालिदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले पक्राउ गरेको हो ।

सेवाग्राहीको उजुरीका आधारमा उनी १० हजार रुपैयाँसहित  पक्राउ परेका हुन् ।

पोखरा, ११ फुलवारीका मनोरथ बास्तोला आफ्नो जग्गा सम्बन्धी कामका लागि एक साता अघि मालपोत कार्यालय गएका थिए ।

तर, कर्मचारीले सिधै रकमको माग गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय गुहार्न पुगेका बास्तोला  प्रहरी निरीक्षक सुवास पण्डित नेतृत्वको टोलीसहित मालपोत पुगेका थिए ।
बास्तोलाले पनेरुलाई १० हजार रुपैया दिएका थिए ।

बास्तोलासँग पनेरुले पहिला १० लाख माग गरेपनि पछि बार्गेनिङ गर्दै १० हजारमा झारेको बताए ।

उनले ६ दिनसम्म आफ्नो सामान्य काम नगरेकाले अख्तियारको शरणमा पुगेको सञ्चारकर्मीलाई जानकारी दिए ।