मालती खत्री
म्याग्दी, १९ भदौ । म्याग्दीको राष्ट्रिय वाणिज्य बैंकमा केही दिन अगाडि चोरी भएपछि बैंकको म्याग्दी शाखाले आफ्नो कार्यालयमा सिसी क्यामेरा जडान गरेको छ ।
झण्डै दुई हप्ता अगाडि राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको लापरवाहीले २ लाख हराएको थियो ।
उक्त घटनासँगै बैंकमा बढ्न सक्ने चोरी डकैती तथा लुटपाटलगायतका समस्या देखिन सक्ने भएपछि यस्तो व्यवस्था गरेको बैँकले जनाएको छ ।
‘बंैकका शाखा प्रमुखको कार्यकक्षलगायतका मुख्य–मुख्य चार स्थानमा सिसी क्यामेराको जडान गरिएको छ,’ बैंकका शाखा प्रबन्धक सूर्यप्रसाद बरालले भन्नुभयो, ‘आधुनिक बैंकिङ सुविधामार्फत ग्राहकलाई सहज रुपमा सेवा प्रदान गरिरहेको अवस्थामा केही कमी कमजोरी हुन नदिनका लागि यसो गरिएको हो ।’
जिल्लास्थित निजी बैंक तथा वित्तीय संघ–संस्थाले सिसी क्यामेरा जडान गरेपनि राष्ट्रिय वाणिज्य बैंैक र कृषि विकास बैकले भने अहिलेसम्म सीसी क्यामेराको प्रयोग गर्न सकेका थिएनन् ।













प्रतिक्रिया