३० आश्विन २०८३, शुक्रबार

नेविसंघमा दुई पक्षबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eakiकाठमाडौँ, १९ भदौ । नेपाल विद्यार्थी संघको महाधिवेशन आउन दश दिन मात्र रहेका बेला दुई पक्षबीच झडप भएको छ ।

संघको  ११ औं राष्ट्रिय महाधिवेशनको प्रचार–प्रसारका लागि त्रिभूवन विश्वविद्यालय किर्तीपुरमा भित्तेलेखन गर्ने क्रममा दुईपक्षबीच झडप भएको हो ।

लामो समयदेखि महाधिवेशन हुन नपाएका कारण अध्यक्षका प्रत्यासी धेरै भएको र उनीहरुले आ–आफ्नो प्रचारमा समूह बनाएर हिँडेकाले यस्तो अवस्था आएको नेवि संघका एक सदस्यले बताए ।

अहिले मनोजमणि आचार्य, छितिज भण्डारी, भीम श्रीस, प्रमोदहरि गुरागाँई, नैनसिंह महर, जितजङ्ग बस्नेत, कुन्दन काफ्लेलगाएत अध्यक्षका आकांक्षी छन् ।

नेविसंघको महाधिवेशन यस अघि चार पटक घोषणा भएर स्थगित थियो ।

यो पटक भने तोकिएकै मितिमा जसरी पनि महाधिवेशन सम्पन्न हुने  प्रचार संयोजक मोतिलाल भण्डारीले जानकारी दिनुभयो ।